चितवन, भदौ १० । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको खैरहनी पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरी म्यादी बीमा वापतको रकम मृतकको श्रीमतीलाई चेक हस्तान्तरण गरेको हो।
a
कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारमा गएका राप्ती नगरपालिका ६ हर्दीका बोधराज कुवरको मृत्यु भएपछी उहाको श्रीमती देवि कला कुवरलाई बीमा दाबी वापतको रकम १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
खैरहनी पर्सा शाखाका कम्पनीका शाखा प्रमुख मेघराज पौडेलले मृतकका परिवारलाई सो चेकको रकम हस्तान्तरण गरेका थिए।
उक्त चेक हस्तान्तरण कार्यक्रममा खैरहनी पर्सा शाखाका वरिष्ठ व्यवसायिक प्रबन्धक रामशरण बर्तौला लगायत कम्पनीका अन्य कर्मचारीहरुको समेत उपस्थित रहेको थियो।
त्यसैगरी केहि दिन अगाडी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सो शाखाले कोरोनाको कारण मृत्यु भएकी रत्ननगर नगरपालिका वडा नम्बर १२ की निर्मला अर्यालको छोरा बिजय खत्रीलाई बीमा दाबी वापतको रकम ५ लाख रुपैयाँको चेक अभिकर्ता मिना श्रेष्ठ खनालको उपस्थितमा हस्तान्तरण समेत गरेको थियो।


























