काठमाडौं, भदौ ५ । जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप काठमाडौँ आइपुगेको छ। जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो।
यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ। बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए। नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए।
हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ भने त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्।
Facebook Comments


























