चितवन ०२ भदौ । अष्टलक्षमी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी छन्। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि काठमाडौँकी सम्पन्नशाली परिवारमा जन्मिएको शाक्य मुख्यमन्त्री बनेकी हुन्। उनले बुधबार राति हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
विसं २०१० मा जन्मिएको शाक्यले २०२६ सालबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। सुरुसुरुमा वसन्तपुरस्थित चिनियाँ पुस्तकालयमा जाने र चिनियाँ साहित्य अध्ययन गर्दागर्दै कम्युनिस्ट पार्टीप्रति आकर्षित भएकी उनले नेकपा एमालेको माधव नेपाल समूहबाट केपी शर्मा ओली समूहमा गएपछि मुख्यमन्त्री बन्ने मौका पाएकी हुन्।
Facebook Comments


























