चितवन, साउन ३० । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ६६७ जनाको पीसीआर परीक्षणमा १ हजार ९४७ र ४ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६७७ जनामा कोरोना पुष्टि भएको छ ।
योसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ५ हजार १९० पुगेको छ। जसमा पीसीआर परीक्षणबाट पोजेटिभ देखिएकाको संख्या ७ लाख ३० हजार ४७९ रहेको छ।
हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Facebook Comments


























