काठमाडौं, साउन २५ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ।
पार्टी एकताको प्रयासमा नेपाल पक्षको आग्रहमा आइतबार स्थगित बैठक आज अपराह्न ३ बजे डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। केन्द्रीय कमिटी बैठकअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने उनले जानकारी दिए। स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उनले जनाए।
तथापि बैठकमा पार्टीको १०औँ महाधिवेशन केन्द्रीत गतिविध तथा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमा छलफल हुनेछ। विधान मस्यौदा प्रस्ताव पारित गर्दै साउन २७ भित्र सबै कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाउने एमालेको तयारी छ। एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ।
Facebook Comments


























