चितवन, साउन २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ।
यस्तै, २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























