साउन १६ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता चयन भएका छन्। उनी शनिबार सर्वसम्मत जसपा संसदीय दलको नेता चयन भएका हुन्।
जसपाका नेता मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव सर्वसम्मत रूपमा दलको नेता चयन भएका जानकारी दिए। राईका अनुसार संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र सांसद महेन्द्र यादवको समर्थनमा यादवलाई दलको नेतामा चयन गरिएको जानकारी दिए।
Facebook Comments


























