चितवन, साउन ७ । चितवन जारी निषेधाज्ञा साउन १४ गतेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (बिहीबार) एक आदेश जारी गर्दै साउन १४ गतेसम्म निषेधाज्ञा थप गरेको हो। आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ।
चितवनमा कोरोना भाईरसको नयाँ भेरियन्ट (डेल्टा भेरियन्ट) फेला परेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
लामो दूरीका सवारी साधन चल्ने पाउने भएका छन्।



Facebook Comments


























