चितवन, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ पुगेको छ। निको हुने दर ९४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ६२८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार २२३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५७८ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी सोही अवधिमा थप २३ संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ५५० पुगेको छ।
Facebook Comments


























