चितवन, असार ३० । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६०६ जना कोरोना संक्रमित निको भएर डिसचार्ज भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिसचार्ज भएकाहुन्।
यस्तै, २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १०८ जनाको पीसीआर परीक्षणबाट २ हजार १० र ४ हजार ९१६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९५ जना गरी जम्मा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको हो।
यसअघि हिजो मंगलबार १ हजार ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हिजो १२ जना संक्रमितले ज्यान गुमाएको थिए।
हिजोको तुलनामा आज संक्रमित र मृतकको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























