चितवन, असार २५ । पूर्वी चितवनको राप्तीमा कारले दुईवटा स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार बालकको मृत्यु भएको छ। राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरेमा भण्डाराबाट हेटौडाँतर्फ जाँदै गरेको बा १९ च ७९८६ नम्बरको कारले विपरित दिशाबाट आउदै गरेको प्रदेश नं ३ ००३ ६८८८ र प्रदेश नं ३ ००२ ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा परि ६४८३ नम्बरको स्कुटरमा सवार खैरहनी नगरपालिका १२ निवासी ५ बर्षिय आरुस अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ। उनका बुवा ३५ बर्षिय राजकुमार अधिकारी घाइते भएका छन्। अर्को स्कुटरमा सवार रत्ननगर नगरपालिका वडा नम्बर १५ निवासी १८ बर्षिय निशान भट्टराई सोहि स्थानका बर्ष २० को सन्तोष पोखरेल घाइते भएका छन्।
Facebook Comments


























