चितवन, असार २२ । सुजिता भण्डारी घटनामा तोडफोड र आगजनीका घटना हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले कफ्र्यु आदेश जारी गरेको छ। पूर्वी चितवनका राप्ती नगरपालिकाभित्र पर्ने राजमार्ग क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं. १ लोथरपुलदेखि राप्ती नगरपालिका वडा नं. ४ डढुवासम्मको राजमार्गको दाया बायाँ पाँच सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको हो। आज साँझ साढे ७ बजेदेखि भोलि २३ गते बेलुकी साढे ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको हो।

Facebook Comments


























