चितवन, असार १७ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि सडक बिहानदेखि दुईतर्फी अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ। पहिरो आज बिहीबार बिहान सवा २ बजेतिर खसेको हो। यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ।
Facebook Comments


























