चितवन, असार १६ । चितवनमा जारी निषेधाज्ञा असार २४ गतेसम्म लम्ब्याइएको छ। निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) एक आदेश जारी गर्दै निषेधाज्ञा असार २४ गतेसम्म लम्बयाउने निर्णय गरेको हो।
सार्वजनिक सवारी साधनलाई क्रमश सहज बनाउँदै लैजान बढीमा दुई जनासम्म यात्रु राख्ने गरी जोर विजोर प्रणालीमा तीन पाङ्ग्रे अटो र टयाक्सी सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक आदेश जारी गर्दै बजार खुल्ने समय थप गरिएको जनाएको छ।
इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, पुजा सामग्री पसल, फर्निचर तथा फर्निसिङ पसल, अटो मोबाइल, मोटर पार्टस, जुत्ता चप्पल, टेलरिङ्, प्रेस तथा फोटोकपी पसलहरु सातामा ३ दिन आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि ६ बजेसम्म खुल्ने छन्।
चितवनमा कोराना भाइरसको संक्रमण जोखिम कम गर्न बैशाख १६ गतेदेखि लगाईएको निषेधाज्ञा जारी छ।





























