चितवन, असार ९ । चितवनमा गत वैशाख १६ गते देखि जारी निषेधाज्ञा खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले असार ११ गते शुक्रवारदेखि जिल्लामा निषेधाज्ञा खुकुलो बनाएर निषेधाज्ञा थप गर्ने तयारी थालेको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले परिमार्जनसहित निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जानकारी दिए। निषेधाज्ञा खुकुलो बनाउने विषयमा आज जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्दैछ। सोही बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्नेछ।
चितवनमा गत वैशाख १६ गतेराति १२ बजेदेखि निरन्तर निषेधाज्ञा हुँदै आइरहेको छ।
Facebook Comments


























