काठमाडौं, असार ७ । राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि आफ्नो सेवा सुरु गर्ने भएका छन्। मंगलबारदेखि निजी सवारी साधन खोल्ने सरकारी निर्णयलाई पछ्याउँदै जोरबिजोर प्रणालीअनुसार सेवा सुरु गरिने कम्पनीले स्पष्ट पारेका छन्।
निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको कम्पनीहरुले स्पष्ट पारेका छन्। यो अवधिमा सरकारले तोकेको मापदण्ड पूरा गरेर सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। मंगलबारबाट दुई पाङ्ग्रे सवारीसँगै ट्याक्सी पनि सञ्चालन हुनेछन्। गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।
Facebook Comments


























