काठमाडौं, असोज ४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले लोकतन्त्र र संविधान पक्षधर अन्य शक्तिलाई पनि आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको हो।
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन्।
केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका पनि अनुमोदन गरेको छ। आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका अनुमोदन गरेको हो।
संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा, साउन १६ गते गाउँनगर, र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्नेछ। यस्तै, एक मात्र प्रतिनिधिसभा रहेको जिल्लाको क्षेत्रीय अधिवेशन २३ गते, दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने संशोधित निर्वाचन कार्यतालिका अनुमोदन गरेको हो।
बैठकले असार मसान्तभित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउन क्रियाशिल सदस्यता छानविन समितिलाई निर्देशन दिएको छ।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






