चितवन, असार ३ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १४१ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ।
यस्तै, २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसँगै मृत्यु दर पनि घटेको छ। पछिल्लो २४ घन्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार कोरोनाबाट ५२ जनाको मृत्यु भएको थियो।
यस्तै पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामध्ये २६ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ७७ सय११ नमूनाको पीसीआर र ४७ सय ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको हो।
Facebook Comments


























