चितवन, जेठ ३१ । पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमण मुक्त भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
देशभर १४ हजार ८१९ जनाको कोभिड १९ परीक्षण गर्दा दुई हजार ९१८ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४९ जना र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा ८६९ जनामा संक्रमण देखिएको हो।
यस्तै, संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ४३५ पुगेको छ।
Facebook Comments


























