काठमाडौं, जेठ ३१ । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र-बाबुराम पक्षले सरकारमा सहभागी जसपाका ९ जना मन्त्रीलाई सातदिने स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाकै महन्थ-राजेन्द्र पक्ष सहभागी भएको छ। सरकारमा रहेका मन्त्रीहरुलाई चार बुँदे स्पष्टीकरण सोधिएको छ।
स्पष्टिकरण सोधिनेमा ऊर्जामन्त्री शरतसिंह भण्डारी, उद्योगमन्त्री राजकिशोर यादव, खानेमन्त्री अनिल झा, पर्यटनमन्त्री उमाशंकर अरगरिया, खेलकुदमन्त्री एकवाल मियाँ, महिला बालबालिका तथा ज्येष्ठ मन्त्री चन्दा चौधरी, श्रममन्त्री विमलप्रसाद श्रीवास्तव, ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला बालबालिका तथा ज्येष्ठ राज्यमन्त्री रेणुका गुरुङ रहेका छन्।
Facebook Comments


























