चितवन, जेठ २८ । अहिलेसम्म विश्वका १५ करोड ९४ लाख ५२ हजार ९४४ जना कोरोना संक्रमणमुक्त भएकाछन्। संक्रमितमध्ये १ करोड २३ लाख ६२ हजार ३५१ जनामा सक्रिय संक्रमण छ। जसमध्ये ८४ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख ५ हजार ५७७ पुगेको छ। वल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार २८२ जनाले ज्यान गुमाएका छन्। बितेको २४ घण्टामा ४ लाख ३३ हजार ६७५ संक्रमित थपिएका छन् भने सोही अवधिमा ११ हजार ३८० जनाको मृत्यु भएको छ।
Facebook Comments


























