जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको नेतृत्वमा गत वैशाख ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त भएका छन्। यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएका हुन्।
मन्त्रीहरूको आजै चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ।



























