चितवन, जेठ २६ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हाजर ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६४ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























