चितवन, जेठ २० । नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ९०४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्।
यस्तै, थप ६ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ५६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ८२५ र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार जना गरी कुल ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























