काठमाडौं, जेठ १९ । फ्रान्सले नेपाललाई कोरोना महामारी विरुद्धका सामग्री सहयोग गरेको छ। फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाडौं आएको हो।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गरे। फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो।
स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिए। स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गरेकाछन्।
Facebook Comments


























