नवलपुर, जेठ १९ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ। उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको हो। आगो अझै नियन्त्रणमा आइसकेको छैन।
प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। अहिलेसम्म बोटलिङ प्लान्ट र गोदाममा आगो लागेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले बताए। आगलागीको कारण खुलेको छैन। क्षतिको विवरण आउन बाँकी रहेको छ।
Facebook Comments


























