काठमाडौं, जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन हुनेछ। संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेश मार्फत् बजेट आउँदैछ।
Facebook Comments


























