काठमाडौं, जेठ १४ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा पाँच न्यायाधीशको संवैधानिक इजलास गठन भएको हो।
इजलासमा राणासहित न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी छ।
सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो।
Facebook Comments


























