चितवन, जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी देखिएको छ। ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ७ हजार २ सय २६ संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अवधिमा १ सय ०६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। मृतकको कुल संख्या ६ हजार ९ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ७६ छ। कुल संक्रमित ५ लाख ४२ हजार २ सय ५६ पुग्दा ४ लाख १८ हजार ८ सय २९ जना निको भएका छन्।
Facebook Comments


























