चितवन, जेठ १२ । चितवनमा कोरोना भाइरस (कोभिड–१९) लक्षित जारी निषेधाज्ञा जेठ २० गते सम्म थपिएको छ। जिल्लामा संक्रमणको जोखिम अझै कायम रहेको भन्दै निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
चितवनमा कोरोना संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञाको अवधी बढाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले पहिलो चरणमा बैशाख १६ गते राती १२ बजे देखि ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो।
जिल्लामा हालसम्म १२ हजार ९७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये चार हजार ८३४ सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये चार हजार ६५८ होमआइसोलेशनमा उपचाररत रहेका छन् भने १६२ अस्पतालमा र १४ जना सामुदायिक आइसोलेशनमा रहेका छन्। ७ हजार ९३५ जना कोरोना सङ्क्रमणमुक्त भएकाछन्।
हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको छ।



























