काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। आइतवार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए। दुई वर्षभन्दा पहिलेदेखि नागरिकतासम्बन्धी विधेयक संसदमा छलफलको क्रममा रहेपनि सरकारले संसद भंग गरेपछि अध्यादेश ल्याएको हो।
मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएको र त्यसै अनुरूप अध्यादेश आएको बुझिएको छ।
Facebook Comments


























