चितवन, जेठ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हाजर ९४६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६९५ जनाको पीसीआर परीक्षण र ३९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ।
नेपालमा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।


























