चितवन, जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपालमा थप २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २४६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।


























