काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराएका छन्। त्यसका लागि नेपाल पक्षका शीर्ष नेताहरूको बैठक जारी छ।
बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको हो। बैठकमा नेता नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन्।
२०७५ जेठ २ कै वरिपरि रहेर सहमति गर्ने गरी बनाउन लागिएको कार्यदलमा पठाउने सदस्यहरूबारे पनि छलफल हुने बताइएको छ। नेपालले दिउँसो २ बजे ओलीसँगको वार्ताको निचोडबारे जानकारी गराउन भर्चुअल बैठक डाकेको एक केन्द्रीय सदस्यले बताए।
Facebook Comments


























