काठमाडौं, बैशाख ३०। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ। व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको बताएका छन्। भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन्।
बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान गर्ने सहमति बनेको जानकारी दिए। उनले आज राजीनामा दिने विषय अब टरेको बताए। उनले भने, ‘राजीनामा दिने कुरा आज भएन। अब सहमतिको आधारमा टुंगो लाग्छ।’
अध्यक्ष ओलीसँगको छलफलका क्रममा नेता नेपालले सर्वोच्च अदालतको फैसलापछि गरेका सबै निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए। उनले भने, ‘मिल्ने दिशामा अघि बढ्न खोजेका छौं। सबै कुराहरु आगामी बैठकपछि टुंगो लाग्छ।’


























