काठमाडौं, बैशाख ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरिएको पत्र चार नेतालाई पठाएका छन्। पार्टी अध्यक्ष ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार चारैजना नेतामाथिको निलम्बन फुकुवा गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्थापित एमालेका अध्यक्ष ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो।
भेलाका लागि अगुवाइ गरेको भन्दै चैत ७ मा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो। नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो।



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







