गोरखा, बैशाख २९ । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ। बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।
महासचिव मनोज भट्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘माओवादी केन्द्र एवं जसपा सहित मिलेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरीत काम कार्यबाहीमा संलग्न रहनु भएकोले आज मिति २०७२ साल वैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईंलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवस्यक कार्यवाही किन नगर्ने ? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो।
उहाँले अटेर गरी स्पष्टीकरण नबुझाउन भएकोले आजै वसेको राष्टिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले निजलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सो को विवरण सचेतकमार्फत संसद सचिवालयमा बुझाउने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ।’
थापाले पार्टी निर्देशन नमान्दा गण्डकी प्रदेशमा पुनस् पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने संभावना छ।


























