काठमाडौं, बैशाख २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या हो कि आफू नै हो बहस गर्न चुनौती दिएका छन्। सदनमा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन्।
उनले ओलीसँग प्रचण्ड राष्ट्रिय समस्या हो भन्ने प्रमाणित गर्ने तर्क, तथ्य नभएको बताए। उनले आफैँले विघटन गरेको संसदमा आएर विश्वासको मत माग्ने नैतिक अधिकार नभएको पनि बताए।
“मैले त सांसदहरुलाई तपाईंहरु जीवितै हुनुहुन्छ भनेको थिएँ, तपाईंसग यो सदनसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?,” उनले प्रश्न गर्दै भने।
Facebook Comments


























