काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। संघीय संसद् सचिवालयका अनुसार विश्वासको मतदानका लागि तयारी पूरा भएको छ। मतदानका लागि तयारी पूरा गरिएको छ। जसमा तीन वटा लवीमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
सचिवालयका अनुसार विश्वासको मतमा हुन्छ, हुन्न र मत दिन्न गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै कोरोना संक्रमित ३० जना सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्थापन गरिएको छ। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका छन्।
सम्बोधनपछि उनले विश्वासको मत माग्नेछन् र त्यसपछि मतदान प्रक्रिया सुरु हुनेछ।
Facebook Comments

























