काठमाडौं, बैशाख २७ । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।
बैठकमा सहभागी नेता भीम रावलका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय भएको छ। संसदको बैठक आज १ बजे बस्दैछ। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्।
बैठकमा सहभागी केही सांसदले आफ्नो धारणा राख्नेक्रममा राजीनामा दिनुपर्ने र केहीले राजीनामा नदिएर मध्यमार्गी बाटो अपनाउनुपर्ने सुझाव दिएका थिए।
आइतबार बेलुका सिंहदरबारमा बसेको खनाल–नेपाल पक्षका सांसदहरुको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिने निर्णय गरेको थियो।
Facebook Comments


























