चितवन, बैशाख २५ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन्। उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो।
उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको निकुञ्जको आरोप छ। निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन्। तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९ जना पुर्पक्षका लागि थुनामा छन्। चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए।
Facebook Comments


























