काठमाडौं, बैशाख २४ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो।
बस्न्यातले केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो।
Facebook Comments


























