काठमाडौं, बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।
बिहीबार साँझ नेता नेपाल देउवालाई भेट्न उनकै निवास पुगेका हुन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवालाई भेटेको भोलिपल्टै नेता नेपाल आफू निकट नेताहरुसहित बूढानीलकण्ठ पुगेका हुन्।
अहिले सभापति देउवा र नेता नेपालबीच प्रधानमन्त्रीले विश्वासको मत लिने निष्कर्षमा पुगेपछिको परिस्थिति र उनको पक्षमा कसरी विश्वासको मत पुग्न नदिने भन्ने विषयमै छलफल केन्द्रित रहेको जनाइएको छ। प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने भएपछि नेताहरुबीचको भेटवार्ता तीव्र बनेको छ।
Facebook Comments


























