काठमाडौं, बैशाख ९ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालसहित चार सांसदको रिट दर्ता भएको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्ने भन्दै उनीहरुले सोविरुद्ध सर्वोच्च अदालतमा हिजो पेस गरेको रिट निवेदन आज दर्ता भएको हो।
नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर उक्त रिटमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए। रिटमा अध्यक्ष ओली, निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाइएको छ।
Facebook Comments


























