चितवन, बैशाख ९ । चितवन सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेदेखि ४ घण्टासम्म देशका विभिन्न स्थानमा वर्षा भएको हो।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको छ। यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको उनले बताइन्।
यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने उनले बताइन्। प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको उनले बताएकी छन्।
Facebook Comments


























