काठमाडौं, बैशाख ६ । सरकारले बैशाखभर शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले बैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गराउन निर्देशन दिने निर्णय गरेको छ। यसैबीच, संसद्को हिउँदे अधिवेशन पनि आजदेखि नै अन्त्य गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य गर्ने निर्णय गरेको हो। बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज दिउँसो १ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
Facebook Comments


























