काठमाडौं, बैशाख ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा पाएमालेका नेता माधवकुमार नेपालबिच गोप्य वार्ता भएको छ।
कोटेश्वर खरिबोट स्थित नेता नेपाल निकट केन्द्रीय सदस्य पार्वती थापाको घरमा प्रचण्ड माधव नेपालबिच भेटवार्ता भएको हो। बिहान भएको वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए।
भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको स्रोतले बतायो। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्दैछ। त्यसअघि नेपाल र प्रचण्डबिच वार्ता भएको हो।
Facebook Comments


























