काठमाडौं, चैत्र ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालयहरु कम्तीमा एक महिना बन्द गर्न सिफारिस गरेको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको भन्दै कम्तीमा एक महिना विद्यालय बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो।
‘कोरोनाको नयाँ भेरियन्ट फैलिएको छ। यसबाट बालबालिकाहरु उच्च जोखिममा रहेकाले विद्यालय बन्द गर्न सिफारिस गरिएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले भने।
उनले उक्त विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा छलफल भएको बताए। यद्यपि यस विषयमा औपचारिक निर्णयसमेत भइसकेको छैन। उक्त अवधिमा अनलाइन कक्षामार्फत् पठनपाठन गराउन मन्त्रालयको सुझाव छ।
Facebook Comments


























