काठमाडौं, चैत्र १६ । चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसविरूद्धको खोप आज नेपाल ल्याइएको छ। खोप लिन गएको नेपाल वायुसेवा निगमको वाइडबडी-३३० जहाज बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रशासनले जनाएको छ।
उक्त जहाजमा कोभिड-१९ को खोपबाहेक अरू अत्यावश्यक सामग्री पनि ल्याइएको छ। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। यो खोप दुई मात्रा लगाउनुपर्छ। विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरुले दाबी गरेका छन्।
Facebook Comments


























