हेटौंडा, चैत्र १५ । बाग्मती प्रदेशका मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलको बैठक बोलाएका छन्। चैत १८ गतेका लागि बोलाइएको बैठकबाट आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले सांसदहरूलाई निर्देशन दिने उनको तयारी छ।
बाग्मती प्रदेशमा एमालेको एकल बहुमत छ। सर्वोच्चको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिनुअघि तत्कालीन नेकपाको प्रचण्ड(माधव नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। एमाले ब्युँतिसकेपछि अविश्वासको प्रस्ताव फिर्ता लिन नेपालपक्षीय सांसदहरूमाथि दबाब छ।
Facebook Comments

























